नियम ७२
बालबालिकाको अभिलेख राख्नुपर्ने
पुनर्स्थापना केन्द्रले पुनर्स्थापना भई गएका बालबालिकाको देहाय बमोजिमको विषयसँग सम्बन्धित कागजात अभिलेख गरी राख्नु पर्नेछ:-
(क) बालबालिकाको दर्ता र दैनिक हाजिरी किताब,
(ख)- बालबालिकाको व्यक्तिगत फाइल,
(ग) बालबालिकालाई गरिएको उद्धारको विवरण,
(घ) पारिवारिक पुनर्मिलनको प्रक्रिया,
(ङ) बालबालिकाको रूची, उपलब्ध गराएको शिक्षा तथा तालीम, (च) बालबालिकालाई उपलब्ध गराइएको स्वास्थ्य उपचार, मनोविमर्श तथा मनोचिकित्सा सेवा, कानूनी सहायता लगायतको विवरण,
(छ) बालबालिकामा आएको परिवर्तन र उत्प्रेरणाको विकासको विवरण,
(ज) बालबालिकको पुनर्स्थापनासँग सम्बन्धित पुनर्स्थापना केन्द्र व्यवस्थापन समितिको निर्णय ।